• सोमबार ११, असार २०७५

पर्वतमा एकमात्र महिला नगर प्रमुखको उम्मेदवार बन्ने सम्भावना : फलेवास नगरपालिकामा काँग्रेसबाट राधा क्षेत्रीले टिकट पाउने आधार बलियो बन्दै

पर्वत: पर्वतको फलेवास नगरपालिकाको नगर प्रमुखमा काँग्रेसबाट राधा क्षेत्रीको उम्मेदबारी पक्का हुने सम्भावना बढेर गएको बताईएको छ । नेपाली काँग्रेसका महासमिति सदस्य क्षेत्रीले नगर प्रमुखको उम्मेदवारमा दाबी गरेको र अन्य स्थानीय तहहरुमा नगर प्रमुखमा महिलाले दाबी नगरेका कारण आफ्नो सम्भावना बढ्दै गएको क्षेत्रीले बताउनुभएको हो ।

नगरपालिकामा वलियो उम्मेदवारको रुपमा हेरिएका सहिद हरिदत्त तिवारीका छोरा तथा नेपाली काँग्रेस महासमिति सदस्यगंगाधर तिवारी प्रदेशमा चुनाव लड्ने निश्चित भएपछि कुँवरको संभवना वलियो भएको हो ।

तेह्रौ महाधिबेशनमा सबैभन्दा वढि मत ल्याएर महासमिति सदस्यमा निर्वाचित कँुवर मेयरमा पनि राम्रो मत ल्याएर जित्ने संभावना छ । महिला नेतृ भएका कारण उनको संभावना राम्रो छ । उनको जन्मघर देविस्थान भएका कारण फलेवास क्षेत्रको भोट उनले वटुल्ने आँकलन गरिएको छ । त्यस्तै माईतीघर थापाठाना भएका कारण शंकरपोखरी र कार्किनेटाको सवै मत राधाको पक्षमा आउने आंकलन छ ।

उनको राजनीतिक उचाई पछिल्लो समय निकै चुलिएको छ । एमाले र माओबादीका नेताहरुले समेत उनको निकै प्रसंसा गर्ने गरेका छन् । वौद्धिक, भद्र, मिजासिलो स्वभावकी राधाकुमारी विद्यार्थी राजनीतिले पनि धेरै संग परिचित छिन् । यूवा जोश र जाँगरका कारण पनि यूवाहरुका विचमा क्षेत्रीलाई अरु आकाँक्षीका विचमा वलियो दावेदारको रुपमा हेरिएको छ ।

कुँवर भन्नुहुन्छ पार्टिमा मैले गरेको योगदान, कार्यकर्ताको उत्साह, अन्य दलका चर्चामा आएका उम्मेदवार भन्दा योग्य रहेका कारण पार्टिले मलाई टिकट दिन्छ भन्ने मेरो अठोट हो । उनले आर्थिक रुपमा फलेवास नगरपालिकालाई जिल्लाकै नमूना नगर वनाउने आफुसंग गुरुयोजना रहेको चर्चा गरिन् । यहि क्षेत्रको विकासमा मैले दिनरात खटेर काम गर्नेछु, यूवा छु विचारमा धनी छु उनले भनिन् मतदाताहरुले मलाई मेयरको कुर्चिमा पु¥याउँछन् भन्ने आशामा छु ।

उनले अरु पार्टिका कार्यकर्ता पनि राधाको मेयरको दावेदारी देखि ससंकित रहेको सुनाईन । पार्टिले मेरो जिम्मेवारीलाई उचित मुल्याङकन गरेर टिकट दिए जितेर देखाईदिन्छु । कुँवर संगै युक्तप्रसाद श्रेष्ठ, गंगाराज शर्माको पनि मेयरमा आकांक्षा रहेको छ । राधाको उम्मेदवारी परेमा उनीहरुले समेत सघाउने वुझिएको छ । गंगाधर तिवारीले समेत राधालाई सहयोग गर्ने वताउने गरेका छन् । राधालाई सहयोग गर्नैका लागि तिवारीले प्रदेशमा उम्मेदवारी दिन लागेको श्रोतले वतायो ।

Loading...
Related Posts
Don't miss it
Editors choice