एमालेले मधेसको जुनसुकै भागमा पनि आफ्नो कार्यक्रम गर्न पाउँछः महेन्द्र राय यादव

काठमाडौं : मधेशी मोर्चाका शीर्ष नेता महेन्द्र राय यादवले मधेशको जुनसुकै भागमा एमालेले कार्यक्रम गर्दा अवरोध नगर्ने बताएका छन् ।
बुधबार रिपोर्टस क्लवले गरेको साक्षात्कारमा बोल्दै यादवले अवरोध गर्ने कुनै नीति नरहेको पनि स्पष्ट पारे ।

‘एमालेले मधेशको जुनसुकै भागमा पनि आफ्नो कार्यक्रम तथा अभियान गर्न पाउँछ, मधेशी मोर्चाले हिजो पनि विरोध गरेको थिएन, र भोलिका दिनमा पनि विरोध गर्दैन्,’ उनले भने, ‘एमालेलाई आफूहरुले तराई–मधेशमा कहिल्यै पनि निषेध गर्ने भनेका छैनौँ ।’

उनले एमालेलाई मेची–महाकाली राष्ट्रिय अभियान सप्तरीबाटै सुरु गर्न पनि आग्रह गरे । ‘विथोल्दैनौं, विरोध गर्ने पनि हाम्रो कुनै नीति छैन, यदि तपाईहरुको कार्यक्रम हाम्रा कार्यकर्ताहरुले विथोलेका छन्, हामीलाई नाम दिनुहोस्, हामी उनीहरुलार्इ कारवाही गर्न तयार छौं, सरकारलाई भनेर हामी कारवाही गराउँछौँ,’ उनले भने, ‘मोर्चाले आह्वान गरेको दुई दिने बन्दको कार्यक्रममा पनि एमाले नेताहरुको घर, पार्टी कार्यालय तोडफोड मोर्चाका कार्यकर्ताले गरेका छैनन् । यदि कसैले त्यस्तो गरेको छ भने त्यो घुसपैठ हो, हामीले गरेकै छैनौं, हामीलाई बद्नामा गराउन खोजिएको छ।’

उनले एमालेको अभियानबारे मधेशी जनतामा आक्रोश भएको भन्दै घट्नामा सरकार जिम्मेवार रहेको बताए ।

Loading...
Related Posts
Don't miss it
Editors choice