• बिहीबार २९, कार्तिक २०७५

रेडियो दिदिबहिनीको महिला महोत्सब आजदेखि, उपराष्ट्रपति पुनले उद्घाटन गर्दै

पर्वत: सामुदायिक रेडियो दिदीबहिनी ९५.२ मेगाहर्जद्धारा आयोजित नवौ पश्चिमाञ्चल स्तरीय बृहद महिला महोत्सवको मंगलबार भब्यताका साथ उद्घाटन हुने भएको छ । महोत्सवकको नेपाल सरकारका उपराष्ट्रपति नन्दबहादुर पुनले समुद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
रेडियोको सातौ बार्षिकोत्सवको अवसर पारेर संचालन गर्न लागेको सो महोत्सवको सबै तयारी पुरा भएको छ भने कुस्माको सुरक्षा व्यवस्था समेत कडा पारिएको छ ।

अन्तराष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भ पारेर आयोजित “बृहत आठौं पश्चिमाञ्चल महिला महोत्सव” सात दिनसम्म संचालन हुने छ । फाल्गुण २४ देखी ३० गतेसम्म विभिन्न कार्यक्रमको आयोजना गरि महोत्सव गर्न लागीएको रेडियो दिदी वहिनीका अध्यक्ष कल्पना चापागाईले जानकारी दिनुभयो ।

महोत्सवको सवैजसो तयारीहरु सकिएको अध्यक्ष चापागाईले जानकारी दिनुभयो । उहाँका अनुसार महोत्सवको तयारी स्वरुप अहिले स्टल निर्माण, रमाईलो मेला तथा मञ्च निर्माण लगायतका कामहरुभोलि बिहान सम्म सकिने छन् । सदरमुकाम कुस्माबजार स्थित बान्द्रेविडीचौरमा हुने महोत्सवमा रत्यौली प्रतियोगिता, भजन प्रतियोगिता, विद्यालय स्तरीय सामुहिक नृत्य प्रतियोगिता, बक्तृत्वकला प्रतियोगिता, विभिन्न समुह तथा संस्थाहरुको ¥याली प्रतियोगिता, टपरी गाँस्ने लगायतका प्रतियोगीता रहेका छन्।

यस्तै भलिबल प्रतियोगिताको पुरस्कार प्रथम, द्वितीय र तृतीय क्रमशः १ लाख, ६० हजार र ४० हजार, ¥याली तथा झाँकीको जनही १५ हजार, १० हजार र सातहजार, रत्यौली, भजन र विद्यालयस्तरीय नृत्य प्रतियोगिताको १२ हजार, सातहजार र ४ हजार, बक्तृत्व र शैक्षिक प्रदर्शनी मेलाको पाँचहजार, तीनहजार र दुईहजार रुपैयाँ रहेको छ ।

Loading...
Related Posts
Don't miss it
Editors choice