• शनिबार २९, मङि्सर २०७५

प्रधानमन्त्रीले संविधान संशोधन प्रस्ताब फिर्ता लिनुपर्छ ः नेता नेपाल

मुडिकुवाका पुराना कार्यकर्तालाई सम्मान,

पर्वत । नेकपा एमालेका बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधबकुमार नेपालले संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव फिर्ता लिनुपर्ने बताउनु भएको छ ।

पर्वतको मुडिकुवा गाविसमा शनिवार आयोजित बृहद जनसभालाई सम्वोधन गर्दै संविधान संशोधन प्रस्ताव नेपालीको हितमा नभई विदेशिको इसारामा आएको बताउँनुभयो । उहाँले प्रधानमन्त्रीले उक्त प्रस्ताव तत्काल फिर्ता लिँदा वा त्यत्तिकै थन्क्याउँदा उत्तम हुने बताउनुभयो ।

संविधान संशोधन प्रस्ताब कुनैपनि हालतमा पास हुने अवस्था नभएको बताउँदै उहाँले यत्तिकैमा फिर्ता लिए राम्रो हुने बताउनुभयो । संशोधन प्रस्तावको विपक्षमा एकमाले सहितका ८ दल र राप्रपा तथा लोकतान्त्रिक मधेशी मोर्चा उभिएको बताउँदै यो प्रस्तावले प्रधानमन्त्रीको उचाई घटाएको बताउनुभयो ।

उहाँले प्रधानमन्त्री पद जोगाउनका लागि प्रधानमन्त्री प्रचण्डले मरिहत्ते गरिरहेको बताउँदै संशोधन प्रस्तावले प्रचण्डको मात्र नभई सिंगो नेपालीको शिर निहँुराएको बताउनुभयो । उहाँले उक्त संंशोधन प्रस्ताव मधेशी समुदायको माग नभएको बताउनुभयो ।

अहिलको आवश्यकता भनेको तीन तहको निर्वाचन भएको बताउँदै यसका लागि सरकारले वातावरण बनाउनुपर्ने बताउनुभयो । सरकारले ढिलै भएपनि वैशाख ३१ को मिति तोकेमा खुसी लागेको बताउँदै निर्वाचन आयोगलाई आवश्यक वातावरण निर्माण गरिदिन आग्रह गर्नुभयो ।

उहाँले निर्वाचन आयोगले निर्वाचनको तयारी गसिकेको र मुलुक निर्वाचनतर्फ अग्रसर भैसकेकाले अब कुनैपनि अवस्थामा पछाडि हट्न नहुने बताउनुभयो । नेता नेपालले एमालेलाई जनमत दिएर सवैभन्दा ठुलो पार्टी बनाउन आग्रह गर्दै एमालेलाई पाँच वर्ष काम गर्ने बातावरण मिलाईदिन आग्रह गर्नुभयो ।

उहाँले न्यूनतह ३ प्रतिशत थ्रेस होल्ड राख्नुपर्ने माग अघि सारेको बताउँदै सम्भवतः आगामी निर्वाचनदेखि सोहि कार्यान्वयन हुने बताउनुभयो ।उहाँले कार्यकर्ताहरुलाई गाउँ गाउँ, टोल छिमेकमा पुगेर कार्यकर्ताहरुलाई जागरुक बनाउन र चुनावको सम्पुर्ण तयारीमा जुट्न समेत आग्रह गर्नुभएको छ ।

हिलेको आवश्यकता संविधान संशोधन भन्दा पनि निर्वाचन अपरिहार्य भएको बताउँदै पूर्व प्रधानमन्त्री नेपालले संविधान कार्यान्वयन हुन सकेन भने मुलुक गम्भीर दुर्घटनामा फस्ने बताउनुभयो ।

उहाँले अबको निर्वाचन पनि एमाले मुलुकको पहिलो शक्ति बन्ने दावी गर्नुभएको छ । उहाँल नेकपा एमालेले शुरु गर्न थालेको मेचि महाकाली अभियानले पनि पार्टीको उचाई बढाउने बताउँदै उक्त अभियानमा सवैलाई साथ दिन आग्रह गर्नुभएको छ ।

कार्यक्रममा एमालेका पुराना कार्यकर्ता तथा बृद्धबृद्धाहरुलाई दोसल्ला ओढाएर सम्मान समेत गरिएको थियो । सो अवसरमा नेकपा माओवादी केन्द्र, नयाँ शक्ति पाटी र नेपाली काँग्रेस परित्याग गरी एमालेमा प्रवेश गरेका ५० जना कार्यकर्तालाई उहाँले स्वागत गर्नुभएको थियो ।

नेता नेपालले शनिवारै पर्वतको डिमुवामा होसो नेपालद्धारा संचालित ख्वांजु क्लिनिकको आयोजनामा संचालित दुई दिन स्वास्थ्य शिविरको पनि उद्घाटन गर्नुभयो । उहाँले स्वास्थ्य क्षेत्रमा पछिल्लो समय सुधार आइरहेको बताउँदै अब कुनैपनि नेपालीले अकालमा ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने बताउनुभयो ।

Loading...
Related Posts
Don't miss it
Editors choice