• बुधबार ३१, असोज २०७५

नारायणकाजीको घरमा प्रचण्डलाई ओलीको सुझाव, ‘बरियता मिचेर प्रहरी महानिरीक्षक बनाउने कुरा नसोच्नुहोस्’

काठमाण्डौं । । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । माओवादी नेता नारायणकाजी श्रेष्ठको निवास ललितपुरमा करिब डेढ घण्टा भएको भेटवार्तामा ओलीले बरियता मिचेर प्रहरीमहानिरिक्षक नबनाउन प्रधानमन्त्री प्रचण्डलाई सुझाव दिएका थिए ।

मर्यादाक्रममा तेस्रो स्थानमा रहेका डिआइजी जयबहादुर चन्दलाई प्रहरी महानिरिक्षक बनाउन कांग्रेस सभापति शेरबहादुर देउवाले दवाव दिइरहेका बेला ओली र प्रचण्डबीच भेटवार्ता भएको हो । प्रचण्ड स्वय र गृहमन्त्री विमलेन्द्र निधिलेसमेत डिआइजी नवराज सिलवाललाई नै प्रहरी महानिरिक्षक बनाउन चाहे पनि देउवाले भने आफ्नो क्षेत्रको भन्दै बरियतामा तेस्रो स्थानमा रहेका चन्दलाई अघि सारेपछि समस्या भएको छ ।

बिहीबारकै मन्त्रिपरिषद् बैठकले महानिरिक्षक चयन गर्ने तयारी गरेको भए पनि देउवाको अडानका कारण सम्भव भएको थिएन ।  आइतबारसम्ममा महानिरिक्षक चयन गर्ने प्रतिवद्धता व्यक्त गरेका प्रधानमन्त्री प्रचण्डले ओलीसँग भेटघाट गरेका हुन् ।

‘पूर्व प्रधानमन्त्री ओलीज्यूले प्रधानमन्त्री प्रचण्डज्यूलाई मर्यादाक्रम मिचेर प्रहरी प्रमुख बनाउने कुुरा घातक हुने भन्दै त्यसो नगर्न सल्लाह दिनुभयो,’ स्रोतले भन्यो, ‘मर्यादाक्रम मिचेर प्रहरी प्रमुख नियुक्त गर्दा ‘चेन अफ कमाण्ड’ भत्किने भन्दै उहाँलाई सम्झाएपछि प्रधानमन्त्रीबाट सकारात्मक संकेत आएको छ ।’  भेटमा पछिल्लो राजनीतिक अवस्थाका बारेमा पनि कुराकानी भएको थियो ।

Loading...
Related Posts
Don't miss it
Editors choice