• बुधबार ०३, असोज २०७५

पश्चिमाञ्चल खुल्ला पुरुष भलिबलको फाइनलमा पर्वत र स्याङजा भिड्ने

पर्वत/पाँचौ पर्वत महोत्सवका अवसरमा आयोजित पश्चिमाञ्चल खुल्ला पुरुष भलिबल प्रतियोगितमा भोली पर्वत र स्याङजाबीच घम्साघम्सी हुदैछ । महोत्सवको अवसरमा आयोजना गरिएको भलिबल प्रतियोगितामा दर्ता भएका कुल ११ खेल समुहमध्ये भोली पर्वत र स्याङजा बीच अन्तिम प्रतिस्पर्धा हुने भएको हो ।


आज खेलाइएको सेमिफाइनल खेलमा पर्वत खेलकुद विकास समिति बागलुङ जिल्लाको खेल समुहसँग ३–२ ले विजयी हासिल गरेको थियो । घरेलु मैदानमा पर्वतबासीको चर्को समर्थनका साथ पर्वत खेलकुद विकास समितिको खेल समुहले उक्त जीत हासिल गरेको हो । त्यस्तै मंगलबार नै सम्पन्न दोश्रो सेमिफाइनल खेलमा स्याङजा भलिबल संघले पर्वत भुकताङलेको खेल समुहलाई सोझो सेटमा पराजित तुल्याएको थियो ।


वेष्ट अफ फाइपको चरणमा खेलाइएको खेलमा स्याङजाका अधिकांश खेलाडीहरु राष्ट्रिय टिममा सहभागी भएका भएपनि पर्वतको भुकताङलेका खेलाडीहरुबीच कडा प्रतिस्पर्धा भएको थियो । आज हुने खेलमा पर्वत खेलकुद विकास समिति र स्याङजा भलिवल संघका खेलाडी बीच कडा प्रतिस्पर्धा हुने भएको छ । यो खेललाई दुवै पक्षले प्रतिष्ठाको खेलका रुपमा लिएका छन् । पर्वतको समुहमा पनि राष्ट्रिय खेलमा सहभागी भएका खेलाडी रहेका र स्याङजाको टिममा पनि राष्ट्रिय खेलमा सहभागी खेलाडी भएका कारण जीत कसको पोल्टामा पर्छ भन्ने जिज्ञासा सवैमा छ ।


आयोजकले आज बुधबार विहान ९ बजे बाट खेल शुभारम्भ हुने दर्शकदिर्घामा जानकारी दिएको छ । खेलमा विजयीहुने प्रथमले १ लाख १ सय ११ र द्धितीयलाई ६० हजार १ सय ११ नगद पुरस्कार शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । मंगलबार भएको सेमिफाइनल खेलमा पराजित भुकताङले र बागलुङको प्रतिस्पर्धी दुवै पराजित समुहले २० हजार १ सय ११ नगद पुरस्कार र प्रमाणपत्र प्राप्त गर्ने महोत्सव आयोजक समितिका सदस्य सचिव तथा पर्वत उद्योग बाणिज्य संघका महासचिव ठाकुर वि. पौडेलले जानकारी दिए ।

Loading...
Related Posts
Don't miss it
Editors choice