• बुधबार ३१, असोज २०७५

पर्वत राम्जाका गौतम चितवनमा झुण्डिएको अवस्थामा भेटिए

पर्वत । पर्वतको राम्जादेउराली गाबिस वडा नं ५ उपल्लो गोतामेथर घर भएका जिल्ला भूसंरक्षण कार्यालय स्याङ्गजाका प्रमुख कमलप्रसाद गौतम ८ दिन पछि मृत फेला छन् । भूसंरक्षण कार्यालय स्याङ्गजाका प्रमुख गौतम चितवनको भरतपुर उपमहानगरपालिका वडा नं १ रामनगरको जंगलमा सोमबार साँझ मृत फेला परेका हुन ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार गौतम जंगलमा नाइनलको डोरीले झुण्डिएको अवस्थामा फेला परेका हुन । जिल्ला प्रहरी कार्यालय स्याङ्गजाको खोजतलास गरिदिने अनुरोधका आधारमा त्यस क्षेत्रमा खोज्ने क्रममा रुखमा झुण्डिएको शब फेला परेको र उक्त शब गौतमकै भएको पहिचान गरिएको हो ।

उनी झुण्डिएको नजिकै मोबाइल र सिम अलग पारेको सिम राखेर हेर्दा मोबाइल गौतमकै भएको र उनले भूसंरक्षण कार्यालयको ज्याकेट समेत लगाएका आधारमा पहिचान गरिएको प्रहरी उपरिक्षक दिपक थापाले जानकारी दिए । ‘शबको पहिचान भैसकेको छ, आफन्तलाई खबर गरेपछि उहाँहरु पनि आइसक्नु भएको छ’ उनले भने ।

गएको सोमबार (१८ पुस) गते मध्यान्ह १२ बजेतिर आफ्नै कार्यालयबाट विभागतर्फ जाने भन्दै निस्केका गौतम विभागमा नपुगेको खवर आएको थियो । न त कार्यालयमा नै फर्केर आए ! अघिल्लो दिन (आइतबार) छोरीसँगको फोन वार्ताका क्रममा विभागको कामसहित आफू भोली (सोमबार) काठमाडौं आउने बताएका बावाको खवर केही नआएपछि खोजी गर्दा गौतम वेखवर भएका थिए ।

करिब ५ बर्षदेखि जिल्ला भूसंरक्षण कार्यालय स्याङ्जामा प्रमुख भइ काम गरेका गौतमको घर पर्वतको राम्जादेउराली गाबिस वडा नं ३ उपल्लो गोतामेथर भए पनि उनका परिवार हाल काठमाडौंमा बस्र्दै आएका छन् । उनका दुई छोरी एक छोरा र पत्नी छन् । घटनाका बारेमा थप अनुसन्धान भने भैरहेको छ ।

Loading...
Related Posts
Don't miss it
Editors choice