• बुधबार ३१, असोज २०७५

टर्कीमा आतंककारी हमलाः नयाँ बर्ष मनाइरहेका ३९ को मृत्यु

४० जना घाइते मारिनेमा १६ जना विदेशी

काठमाडौँ, १७ पुस । संसार अग्रेजी नयाँ बर्षको रमझममा रमाइरहेका बेला टर्कीबाट आएको खबरले सबैलाई स्तब्ध बनाएको छ । टर्कीमा नयाँ बर्षको मस्ती गरिरहेका ३९ जनाको ज्यान गएको छ भने ४० जना घाइते भएका छन् । मारिएकामध्ये १६ जना विदेशी भएको संचारमाध्यमहरुले जनाएका छन् । चार जनाको अवस्था गम्भीर छ ।

टर्कीको राजधानी इस्तान्बुलस्थित रियाना क्लबमा अन्धाधुन्ध गोली प्रहार भएको हो । बन्धुकधारी सन्त क्लजको पहिरनमा थिए । स्थानीय समय अनुसार, गएराति पौने दुईबजे यो हमला भएको हो । आतंकवादीहरुले क्लवमा आक्रमण गर्नुअघि प्रहरीलाई अन्धाधुन्ध गोली हानेका थिए । हमलाको समयमा क्लवमा करिब ८ सय मानिसहरु रमाइलो गरिरहेका थिए ।

टर्कीका आन्तरिक मामिला मन्त्री सुलेमान सोयलूका अनुसार, हमलामा संलग्न आतंककारी समूहको खोजी भइरहेको छ । पछिल्लो केही महिना यता टर्कीमा लगातार आतंककारी हमला भइरहेको छ । जसका कारण इस्तान्बुलमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ । नयाँ बर्षमा मात्र करिब १७ हजार सुरक्षाकर्मी परिचालन गरिएको थियो । तर, आतंककारीको यो हमलाले सारा विश्वको ध्यान टर्कीमा खिचिएको छ । एजेन्सीको सहयोगमा

Loading...
Related Posts
Don't miss it
Editors choice