• शनिबार ०२, भदौ २०७५

प्रधानमन्त्री र गृहमन्त्रीको नाम लिँदै एमालेले भन्यो: तिवारीको हत्या षड्यन्त्रपूर्ण

काठमाडौं । नेकपा एमालेले पार्टीसम्वद्ध युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्यालाई लिएर सरकारमाथि प्रश्न उठाएको छ ।
एमाले महासचिव ईश्वार पोखरेलले सोमबार साँझ विज्ञप्ति जारी गरी घटनामा संलग्नलाई पक्राउ गरी कारबाही गर्न माग गरेको छ । तिवारीको सोमबार दिउँसो अज्ञात समूहले गोली हानी हत्या गरेको थियो । घटनालगतै बुटवल असान्त बनेको छ ।

प्रधानमन्त्री प्रचण्डले एमाले र आन्दोलनरत जनताविरुद्ध उत्तेजक अभिव्यत्ति दिएको र गृहमन्त्रीले उक्साहटपूर्ण भनाइ राखिरहेको बेला घटना भएको भन्दै एमालेले भनेको छ, देश र जनताको सुरक्षा गर्नुपर्ने व्यक्तिहरुको त्यस्तो उत्तेजना र उक्साहटपूर्ण अभिव्यक्ति सार्वजनिक भएकै बेला यो देशभक्त नेपालीहरुमाथि गरिएको षड्यन्त्रपूर्ण आक्रमण हो ।’

यसले आन्दोलनलाई कमजोर बनाउने र साम्प्रदायिक सद्भाव विथोलेर मुलुकमा विखण्डन सिर्जना गर्न गम्भीर आपराधिक षड्यन्त्र भइरहेको गम्भीर आशंका पैदा भएको एमालेले बताएको छ ।

साथै उसले संयम र धैर्यका साथ राष्ट्रियता, संविधान कार्यान्वयन र अग्रगमनको यात्रामा अविचलित सक्रियताका साथ भएर लागिरहन कार्यकर्तालाई आग्रह गरेको छ ।

Loading...
Related Posts
Don't miss it
Editors choice