• शनिबार ०२, भदौ २०७५

कुस्मा बजारका नाम चलेका पसलबाटै म्याद गुज्रेका सामान विक्रि


पर्वत। नेपाल सरकार बाणिज्य विभागले पर्वतको कुश्मा बजारमा अनुगमन गरेको छ । अनुगमनका क्रममा सदरमुकाम कुस्मामा रहेका केही नाम चलेको पसलहरुमै म्याद गुज्रेका सामानहरु भेटिएकाछन् ।
ती पसलहरुबाट बोटलर्स नेपालले उत्पादन गरेका कोकाकोला, फेन्टा, स्प्राईट लगायतका म्याद नाघेका बस्तुहरु बरामद गरेर नष्ट गरेको छ भने अन्य पसलहरुमा समेत प्रभावकारी अनुगमन गर्न स्थानीय प्रशासनलाई आग्रह गरेको छ । विभागले आईतबार बजारका केही पसलहरुमा अनुगमन गरेपनि बजार अनुगमन भन्दा पहिला नै बजारमा सनसनी मच्चिइसकेको थियो । बजारमा बिहनैदेखि अनुगमनको हल्ला फैलाएर एकाएक केही पसलमा पसेर अनुगमन गरेपनि प्रभावकारी हुन सकेन ।


विभागले अनुगमन गर्दा स्थानीय प्रशासन, प्रहरी, व्यापरी प्रतिनिधी लगायतलाई सहभागी गराएको भएपनि उपभोक्ताबादी संस्थाका प्रतिनिधी र संचारकर्मीहरुलाई सहभागी सहभागी गराइएन । आपूर्ती विभागका निर्देशक उपसचिब निरज पौडेलको नेतृत्वमा बजार अनुगमन भएको थियो । अनुगमनका लागि स्थानीय प्रशासनलाई खबर गरेको भएपनि प्रशासनले स्थानीय उपभोक्ताबादी संस्था र संचारकर्मीहरुलाई सहभागी गराएको नगराएको पौडेलले इ टप समाचारलाई  बताउनुभयो ।

अनुगमनका क्रममा बडागाउँ स्थित रेग्मी किराना पसलमा मूल्य सूची नराखेको साथै केही सामानहरु समेत म्याद नाघेको पाईएको थियो । त्यस्तै शितल डेरीमा अधिकांस पेय पदार्थहरुमा म्याद नाघेको पाईएको थियो । हामीले सबै हे¥र्यौ पौडेलले भन्नुभयो–अधिकांसमा म्याद नाघेको पाईयो । उहाँका अनुसार म्याद नाघेको बस्तुहरु अन्य बस्तुसँगै राख्न नपाईने भएपनि सँगसँगै राखेर बिक्रि गरेको समेत पाईएको थियो ।

पर्वत पानी र कुश्मा कोलाको समेत म्याद गुज्रेको 


त्यसैगरि जिरो किलोमिटरमा रहेको कर्मचार्य ट्रेडर्समा रहेका पेय पदार्थमा समेत म्याद नाघेका बस्तुहरु भेटिएको र ती सामानहरु छुट्टाएर राख्न निर्देशन दिएको उहाँले बताउनुभयो । साथै पर्वत वेभरेजको उत्पादन पर्वत पानी र अन्य पेय पदार्थमा समेत लेवल नभएको, कुश्मा कोला लगायतका सामानहरुको म्याद नाघेको पाईएपनि उद्योगको अनुगमन गर्न जाँदा बन्द गरिएको पौडेलको भनाई छ ।
जिल्ला प्रशासनले यसअघि पनि पटक पटक अनुगमन गर्दा समेत बजारमा यस्ता गुणस्तरहीन बस्नुहरुको बिक्रि वितरण हुँदै आएको भएपनि कुनै कारवाही हुने गरेको पाईँदैन । आईतबार ४ वटा पसलमा सांकेतिक रुपमा अनुगमन गरिएको भएपनि सबै पसलहरुमा म्याद नाघेको बस्तु विक्रि वितरणका लागि राखिएको पाएको पौडेलको भनाई छ ।
बजारमा पाईएका केही सामानहरुमा गुणस्तरको लेवल नै नराखेको समेत पाईएको छ । यसरी गुणस्तरको प्रमाण नभएका सामानहरु बेच्न पाईँदैन निर्देशक पौडेलले भन्नुभयो–यसका लागि स्थानीय जिल्ला अधिकारी अध्यक्ष भएको समितिले हेर्नुपर्ने हुन्छ । अखाद्य तथा म्याद नाघेका बस्तुहरु बजारमा विक्रि गर्ने डिलरको लापरवाहीका कारण व्यावसायीहरुलाई समस्या हुने गरेको भएपनि यसतर्फ कुनै निकायले चासो नदिँदा व्यापारीहरु मारमा पर्ने गरेको व्यावसायीहरु बताउँछन् ।

Loading...
Related Posts
Don't miss it
Editors choice