• बुधबार ३१, असोज २०७५

पर्यटकको पर्खाइमा पञ्चासे

पर्वत । हिउँदको शुरुवात संगै प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे घुम्न आउने पर्यटकको संख्यामा बृद्धि भएको छ । पर्वत, कास्की र स्याङजा जिल्लाको संगममा पर्ने पञ्चासे क्षेत्रमा यो बर्ष गएका बर्षको तुलनामा घुम्न आउने पर्यटकको संख्यामा बृद्धि भएको हो ।


पञ्चासेमा दैनिक सयौंको संख्यामा आन्तरिक र बाह्य पर्यटक घुम्न आउने गरेका छन् । बर्षौपछि पञ्चासेको मौसम सफा र सुन्दर भएकोले पनि पर्यटकहरु दृश्याबलोकनका लागि आउन थालेका हुन । पञ्चासेबाट धौलागिरी देखि गणेश हिमश्रृङ्गखला मात्रै होइन पाल्पा, कास्की, पर्वत, बागलुङ र स्याङजाका मनोरम दृश्याबलोकन गर्न सकिन्छ ।


यही भ्युप्वाइन्टबाट एकै स्थानबाट धेरै हिमश्रृखला देखिने स्थान पञ्चासे मात्र हो । पञ्चासेमा रहेको मनोरम ताल, गुराँसले भरिएको जंगल, श्रबणकुमारको मन्दिर, सिद्धबाबाको मन्दिर र तपस्या गरेका कुटी र गुफाहरु पनि पर्यटकका लागि आकर्षण बनेका छन । यहाँका गाउँ र जंगल सबैभन्दा बढी पर्यटकले मन पराउने गरेकाले प्रत्येक बर्ष पर्यटक बढेको स्थानीयवासीहरुले बताए ।


पञ्चासे समुन्द्री सतहबाट २ हजार ५ सय १७ मिटरको उचाईमा रहेको छ । पोखरा बाट नजिक भएकाले त्यहाँ आएका पर्यटकहरुले ३–४ दिनको छोटो पदयात्राका लागि पञ्चासेलाई छान्ने गरेका छन । फेवाताल हुँदै पुम्दी र भदौरे भएर पञ्चासे आउने पर्यटकहरु बढी रहेका छन । भ्यु टावर निर्माण गरिएकाले पर्यटकलाई दृश्य अबलोकन गर्न सजिलो भएको छ । यहां रहेको मनोरम तालको संरक्षण भएको छ भने र मन्दिर पनि निर्माण गरिएको छ ।


नेपालकै सबैभन्दा बढी १ सय ४ थरीका सुनाखरी यही क्षेत्रमा पाइन्छ । पञ्चासे जडिबुटिका लागि पनि परिचित स्थान हो । यसले गर्दा पनि पञ्चासेलाई संरक्षित क्षेत्र बनाउने अभियान शुरु भएको छ ।
पञ्चासेमा ग्रामिण पर्यटनको बिकास गर्ने र नजिक पर्ने पर्वतको आर्थर, चित्रे र कास्कीको भदौरे गाविसमा होम स्टे सेवा सुरु गरिएको भएको छ । नेपालको पहिलो ग्रामिण पर्यटकीय गाउँ सिरुबारी आउने पर्यटकलाई पञ्चासे ल्याउने र पञ्चासे आउने पर्यटकलाई सिरुवारी पु¥याउने गरी ग्रामीण पर्यटकीय अबधारणा सारिएको गोपाल गुरुङ्ग बताउनुहुन्छ ।


आन्तरिक र वाह्य गरेर प्रत्येक बर्ष हिउँदमा दैनिक २ सयको हाराहारीमा पर्यटक आउने गरेको भएपनि पञ्चासेमा बस्ने आवास नभएकाले पर्यटकको बसाई लम्व्याउन नसकिएको गुरुङ्गले बताउनुभयो ।
पञ्चासेमा विशेष गरि ताल र हिमालहरुको दृष्य अवलोकनका लागि पर्यटक आउने गरेको र विहान तथा साँझको समयमा सूर्योदय र सूर्यास्तको दृश्यावलोकन गर्न भने त्यहीँ बस्नुपर्ने भएकाले होटलहरु सञ्चालनमा नआउँदा समस्या भएको पर्यटकहरुको भनाई छ ।

Loading...
Related Posts
Don't miss it
Editors choice