• बिहीबार २९, कार्तिक २०७५

निद्रामा अवरोधले मुटुरोगको खतरा

स्वास रोकिएर निद्रा भंग हुने समस्या अर्थात् स्लीप एपनिया भएका मानिसहरु मुटुरोगको उच्च जोखिममा रहने अनुसन्धानले देखाएको छ ।

स्लीप एपनिया भएका मानिसहरुमा एक घण्टामा ५ देखि ३० पटकसम्म स्वास रोकिन्छ । हरेक पाँच जनामा एक जना वयस्क मध्यम खालको स्लीप एपनियाबाट पीडित हुन्छन् । महिलाको तुलनामा पुरुषहरुमा यो समस्या बढि रहेको पाइएको छ ।
सबैभन्दा आम समस्या भनेको अब्सट्रक्टिभ स्लीप एपनिया हो । जसमा छातिको माथिल्लो भाग तथा गर्धनमा वजन पर्दा स्वासमा रोकावट आउँदछ र निद्रा भंग हुन्छ ।

यसरी पूर्ण रुपमा निद्रा नपर्ने तथा बीचमा निद्रा खुल्ने समस्या लामो समयसम्म रहिरहँदा मुटु सम्बन्धी रोगको खतरा बढ्ने विशेषज्ञहरुको भनाइ छ । छोटो समयको लागि निद्रामा कमी हुँदा समेत उच्च कोलेस्ट्रोल, उच्च ट्राइग्लिसेराइड तथा उच्च रक्तचापको समस्या पैदा हुन्छ ।

उनका अनुसार स्लीप एपनियामा अक्सिजनको स्तर कम हुन्छ र मस्तिष्कले तुरुन्तै अक्सिजन कम भएको सन्देश प्रवाह गर्दछ । जसका कारण सुतेको व्यक्तिको निद्रा खुल्दछ र ऊ गहिरो स्वास लिन थाल्दछ । यस दौरान रिस तथा डरको समयमा सक्रिय हुने स्नायु प्रणाली सक्रिय बन्दछ । मुटुको धड्कन तथा रक्तचाप बढ्दछ । यसले अन्य समस्यासँगै मुटुमा जलन तथा रगत जम्ने लगायतका समस्या पैदा गर्दछ ।

Loading...
Related Posts
Don't miss it
Editors choice